काठमाडौं – नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा—३’ले ५१ औं दिन मनाएको छ । घटस्थापना देखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा—३’ले प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।
असोज २४ देखि प्रदर्शनमा आएकामो चलचित्रले काठमाडौं उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुँदै ५१ दिन पार गरेको निर्माण पक्षले जनाएको छ ।
‘छक्का पञ्जा’का अघिल्ला सिरिजहरुमा ‘छक्का पञ्जा’ले छक्का पञ्जाले १०१ दिन र ‘छक्का पञ्जा—२’ले ५१ दिन प्रदर्शन भएका थिए ।
निर्माण पक्षका अनुसार काठमाडौं उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो ।
मोफसलमा कालिका सिनेमा बुटवल, क्यूएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।
डिजिटल प्रविधि भित्रिएपछि लगातार तीन सिरिजले नै ५१ औँ दिन पार गर्ने चलचित्र ‘छक्का पञ्जा—३’ हो । ‘छक्का पञ्जा’का तीन वटै सिरिजलाई कलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
कन्टेन विथ कमेडी भनिएको ‘छक्का पञ्जा—३’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय छ ।
कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् ।