बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमै निधन हुनुभएका पूर्वमन्त्री यदुप्रसाद भट्टप्रति जापानका नेपालीहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलवार साँझ टोकियोमा आयोजित एक शोक समारोहमा जापानबासी नेपालीहरुले स्व. भट्टप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको गत आइतवार उपचारकै क्रममा जापान रेडक्रस सेन्टर अस्पतालमा निधन भएको थियो ।

स्व. भट्टको पार्थिव शरीरमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, दूतावासमा कार्यरत कूटनीतिज्ञहरु, एनआरएन लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यवसायी, मिडियाकर्मीहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. भट्टको पार्थिव शरीर नेपाल लैजाने तैयारी भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।***

तपाईको प्रतिक्रिया