बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुवा यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आइतवार अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो । स्व. भट्ट पञ्चातकालिन पूर्व वाणिज्य सहायक मन्त्री हुनुहुन्थ्यो । गोरखा जिल्लाबासी स्व. भट्टले जिल्लाको शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको अहिले पनि जिल्लामा चर्चा हुने गरेको बताईन्छ । स्व. भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् ।

एनआरएन अध्यक्ष भट्टले आफ्नो पिताको स्वास्थ्य उपचार जापानमै गराउँदै आउनुभएको थियो ।

अहिले समाजिक सञ्जाल भरि स्व. भट्टको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धासुमन ब्यक्त गरिएका सन्देशहरु बाक्लिएका छन् । बिशेषगरी जापानका नेपालीहरु र बिश्वभरिका एनआरएन अभियान्ताहरुले स्व. भट्टप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदन प्रकट गरिएका छन् । स्व. भट्टको पार्थिव शरिरलाई नेपाल लैजाने तैयारी भईरहेको पनि पारिवारिक स्रोतले जनाएको छ । ***

तपाईको प्रतिक्रिया