काठमाडौं – पोखराकी नीलिमा थापा मगर नेपाल आइडलको होडबाट बाहिरिएकी छिन्।
शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि नीलिमाले नेपाल आइडलको मञ्च छाड्नु परेको हो।
पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश गरेकी नीलिमाले हरेक पटक जजहरुबाट प्रशंसा पाएकी थिइन्। बिहीबारको जजिङ राउन्डमा नीलिमाले जज इन्दिरा जोशीको बेहुली गाएकी थिइन्। उनलाई सन्तोष लामाले साथ दिएका थिए।
यो इन्डिङ हैन, म यसलाई प्रुभ गरेर देखाउँछु, नीलिमाले अन्तिम पटक मञ्चबाट भनिन्। यसअघि अर्का गोल्डेन माइक विजेता मीनराज पौडेल पनि बाहिरिसकेका छन्।
नेपाल आइडलको उपाधिका लागि अब ६ जना प्रतिस्पर्धी होडमा छन् ।
झापाका सुमित पाठक र अस्मिता अधिकारी, कञ्चनपुरका रवि ओड, दोलखाका पवन गिरी, पोखराका विक्रम बराल र बुटवलका अमित बराल।