Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – सुन्दा अचम्म लाग्न सक्छ तर जापानमा एउटा यस्तै घटना घटेको छ । फुकुओकामा एक ७३ वर्षका वृद्धले एउटा दाना अगुंर चोरेर खाँदा प्रहरीले पक्राउ गरेको छ ।

नोबुयुकी कानेको नाम गरेका वृद्धले ग्रीनग्रोसर स्टोरमा राखिएको अगुंरको झुप्पाबाट एउटा अंगुर झिकेर खाँदा प्रहरीले पक्राउ गरेको हो । वृद्धले अंगुर झिकेर खाँदा पसलको म्यानेजरले लुकेर हेरिरहेको र त्यसै समयमा प्रहरीलाई खबर गरेको बताइएको छ । घटना अक्टोवर ३ तारिखमा भएको हो ।

यसअघि, पनि उक्त पसलमा राखिएको एक दुई दाना अंगुरमा क्षति पुर्याउने गरेको उल्लेख गरिएको छ । उक्त कार्य पनि कानेको ले नै गरेको हुन सक्ने आशंकामा प्रहरीले अनुशन्धान गरिरहेको छ ।

उनले भने यसअघि अगुंर चोर्ने र क्षति गर्ने काम आफूले नगरेको बताउदै आएको छन् । उनले खाएकाे एक दाना अंगुरको मुल्य ५९ येन पर्छ ।

तपाईको प्रतिक्रिया