काठमाडाैं – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका-१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो ।
वर्गीकृत विज्ञापन
व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उहाँले बताउनुभयो । सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उहाँको भनाइ छ ।
सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तिर्णलाई ५० हजार, स्नातक तह उत्तिर्ण गरेकालाई तीन लाख तथा स्नातकोत्तर तह उत्तिर्ण गरेकालाई पाँच लाखसम्म कर्जा दिने भएको छ । सो कर्जा दिनका लागि सहकारीले ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताउनुभयो ।