Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ । हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ ।

मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ्नै प्रकारका लक्षणहरु पनि हुन्छन् । मुटुरोगका अनगिन्ती लक्षणहरु मध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरु रहेकोवरिष्ट मुटुरोग विशेषक डा. प्रकाशराज रेग्मीले बताउनुभयाे ।

डाक्टर रेग्मीका अनुसार मुटुरोगका लक्षण यस्ता छन् ।

१. छातीको बिचको भाग दुख्नु
२. दम बढ्नु
३. खुट्टाहरु सुन्निनु
४. घाटीँको रक्तनली फुल्नु
५ ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
७. टाउको दुख्ने र चक्कर लाग्नु
८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
९. कफमा रगत देखा पर्नु
१०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
१२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
तपाईको प्रतिक्रिया