Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि ५ करोड ५० लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अाज अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि यो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने यो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्कले नेपालको सामाजिक-आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

उहाँले व्यवसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । दक्षिण कोरियाले नेपालको आर्थिक-सामाजिक  क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया