बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं– मोबाइलबाटै अनलाइन समाचार तथा बुकहरू पढ्ने बानी छ भने पेज खोजिसकेपछि मोबाइलको सर्टकर्ट बटममा गएर डाटा अफ गर्नुहोस् । डाटा अफ गरेर पनि अनलाइनमा पढ्न सकिन्छ ।
– मोबाइलको एप अटोमेटिक अपडेट हुने सेटिङलाई सच्याउनुस् र वाइफाई हुँदा मात्रै अपडेट हुने गरी
सेट गर्नुहोस् ।
– डाटा लिमिट सेट गर्नुस् । यसले स्वचालित रूपमा मोबाइलको डाटा जोगाउँछ ।
– ब्याडग्राउन्ड डाटा अफ गर्नुस् । मोबाइलको एप डाटा युजमा गएर ‘रेस्ट्रिक्ट एप ब्याग्राउन्ड डाटा’ सेट गर्नुहोस् ।
– अफलाइन नेभिगेसन प्रयोग गर्नुहोस् । अफलाइनमै तपाईंले युट्युबमा भिडियो हेर्न सक्नुहुन्छ, गीत सुन्न सक्नुहुन्छ ।
-यसका अलावा तपाईंले सकेसम्म भिडियो तथा अनलाइनबाट म्युजिक वाइफाईको प्रयोग गर्नुहोस् ।
– मोबाइल सेवाप्रदायकको रेगुलर डाटाभन्दा पनि डाटा प्याकमा आधारित सेवा लिनुस् । जसले गर्दा कम मूल्यमा बढी डाटा लिन सकिन्छ ।
– यदि तपाईंलाई आफ्नो मोबाइलमा डाटा चलाउँदा बढी पैसा काटिएको जस्तो लाग्छ भने नेपाल दूरसञ्चार प्राधिकरण, हेल्लो सरकार वा सम्बन्धित सेवाप्रदायकसँग गुनासो गर्नुहोस् ।

तपाईको प्रतिक्रिया