Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मौसमअनुसार आँखामा विभिन्न रोग लाग्ने गर्छ । हामीले आँखाको स्याहार गर्नुपर्छ । आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । आँखा सुक्खा हुने, आँखाको एलर्जी, आँखा पाक्नेजस्ता विभिन्न रोग लाग्न सक्छन् । त्यसैले हामीले विशेष आँखाको ध्यान दिनुपर्छ । आँखा सुक्खा हुने कारण यस्ता छन् :

सुक्खा हुने कारण
घामले आँखा सुक्खा बनाउँदै जान्छ । घामले आँखामा भएको आँसु सुक्खा बनाउँछ र रातो हुने हुन्छ ।
पंखा, एसी, इत्यादिले पनि आँखा सुक्खा बनाउँछ । पंखा र एसीले आँखामा भएको आँसुलाई सुक्खा बनाउँछ ।
जाडो मौसममा भन्दा गर्मी मौसममा आँखा सुक्खा
बढी हुन्छ ।
धुलो र धुवाँले आँखा सुक्खा बनाउँछ । धुलोमा भाइरस र ब्याक्टेरिया बढी हुने हुँदा आँखा सुक्खा बनाउँछ ।
धुवाँ र धुलोमा हुने केमिकलले आँसु बनाउने ग्रन्थि बिगार्छ र आँखा सुक्खा हुन्छ । धुलोले आँखा रातो बनाउँछ । हेर्न गाह्रो हुन्छ ।
आँखा सुक्खा हुँदा आँखा हेर्न गाह्राे हुने, बिझाउने, दुख्नेजस्ता समस्या देखा पर्छ ।

के गर्ने ?
बाहिर गएर घर फर्केपछि सफा पानीले हात धुनुपर्छ । जसका कारण हातबाट कीटाणु आँखामा
जान पाउँदैन ।
कम्तीमा पनि बिहान र बेलुका दुईपटक सफा पानीले आँखा धुनुपर्छ । पानीले आँखामा भएको धुलोको कण निकाल्न सहयोग गर्छ ।
आँखालाई सुक्खा हुनबाट बचाउन घाममा हिँड्दा सनग्लासको प्रयोग गर्नुपर्छ । जसले गर्दा आँखामा धुलो पस्न पाउँदैन । साथै सीधै घामको प्रकाश नछिर्दा आँखा सुक्खा हुनबाट बचाउन सकिन्छ ।
यो मौसम आँखा सुक्खा हुने मौसम हो, त्यसैले आँखालाई सुक्खा हुनबाट बचाउन कृत्रिम आँसु प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया