Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  छिमेकी देश भारतमा जिकाको निकै जोखिम रहेको पाइन्छ । जिका नेपालले अनुभव गरिनसकेको भए पनि भारतसँगको खुला सिमानाका कारणले आगामी दिनमा नआउला भन्न सकिँदैन । ८० प्रतिशत संक्रमित व्यक्तिले जिकाको लक्षण नदेखाउने र नेपालमा जिका फैलाउने लामखुट्टे प्रचुर मात्रामा भएकाले नेपालीले जिकाबारे चासो र जानकारी लिने तथा सतर्क अपनाउन जरुरी भइसकेको छ । जिका भाइरसका लक्षण यस्ता छन् :

१. ज्वरो आउनु, टाउको दुख्नु, जोर्नी दुख्नु, छालामा बिमिरा आउनु, आँखा रातो हुनु र शरीर आलस्य हुनु आदि यसका लक्षण हुन सक्छन् ।

२. ८० प्रतिशतसम्ममा लक्षणहरू नदेखिन सक्छ । बाँकीमा पनि लक्षणहरू सामान्य रूपमा मात्र देखिन सक्छ । लक्षण एक सातासम्म देखिन सक्छ ।

३. गर्भवती भएको अवस्थामा जिका संंक्रमण भए जन्मिने बच्चामा टाउको सानो हुने र स्नायु प्रणालीमा असर गर्ने सिन्ड्रोम देखिन सक्छ ।

१. लक्षण तथा संकेत डेंगुलगायत अरू लामखुट्टेजन्य रोगहरूसँग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला निदान गर्न जरुरी हुन्छ ।

२. शरीरको तरल पदार्थजस्तै पिसाब, वीर्य, -याललगायतका नमुनाबाट यसको प्रयोगशाला निदान
गर्न सकिन्छ ।
३. जिकाको विशेष औषधि उपलब्ध छैन । त्यसैले प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ । लक्षणका आधारमा औषधि उपचार गर्नुपर्दछ ।

४.लामखुट्टे खोजेर नष्ट गर्ने अभियानभन्दा जिका र लामखुट्टेसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सशक्त रूपमा स्थानीयस्तरमा लाग्नसके जिकाले ठूलो प्रकोप लिन पाउँदैन ।

५. लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउनुपर्छ । लामखुट्टेका लागि उपयुक्त हुने वातावरण सिर्जना गरिदिनुहुँदैन । जस्तै पानी जम्ने ठाउँ, प्लास्टिकको सामान जथाभावी फाल्नुहुँदैन ।

६. जिका फैलाउने लामखुट्टेले दिनमा पनि टोक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

७. आफूलाई थाहा भएको जिकासम्बन्धी जानकारी छरछिमेकीसँग पनि आदानप्रदान गर्ने ।

८. जिका देखिइसकेको अवस्थामा सरकारको नियन्त्रण प्रयासमा स्थानीयले हातेमालो गरे पनि जिका अरू फैलनबाट रोक्न सहज हुनेछ ।

तपाईको प्रतिक्रिया