Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – गर्मीमा लस्सी निकै उत्कृष्ट पेय पदार्थमा पर्छ । अन्य प्याकिङ चिसो पदार्थ पिउनुभन्दा लस्सी स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ । हरेक ताजा सामान प्रयोग गरेर बनाउन सकिने भएकाले पनि बालबालिकादेखि वृद्धवृद्धासम्मले लस्सी खान सक्छन् । लस्सीको प्रचलन कहाँबाट सुरु भयो भन्ने त यकिन छैन, तर उत्तरी भारत (पन्जाब)बाट सुरु भएको भन्नेहरू धेरै छन् ।

नेपालमा पनि यो निकै रुचाइएको छ । घरमै सजिलैसँग बनाएर खान सकिने भएकाले पनि लस्सीका लागि सोचेर मात्रै बसिरहनु पर्दैन । यसका लागि घरमा मिक्स्चर भने अनिवार्य हुनैपर्छ । आइसका लागि फ्रिज पनि आवश्यक पर्छ । तर, आइस त नजिकको पसलतिरबाट पनि जुटाउन सकिन्छ ।

आवश्यक सामग्री
शुद्ध दही २ कप, चिनी ३ चम्चा, सुकमेल पाउडर १ चिम्टी (यो उपलब्ध छैन भने नराख्दा पनि फरक पर्दैन), आइस २ क्युब (आफूलाई जति चिसो खान मन लाग्छ, त्यहीअनुसार राख्न सक्नुहुन्छ), किसमिस २–३ वटा, नरिवल चप गरेको ३–४ टुक्रा, छोकडा चप गरेको ३–४ टुक्रा, काजु २–३ पिस ।

बनाउने विधि
मिक्स्चर तयार गर्ने । मिक्स्चरको जगमा दही, चिनी, आइस, सुकमेल पाउडर सबै राख्ने । अब मिक्स्चर चलाइदिने । दुई मिनेटजति मिक्स गरेपछि लस्सी तयार हुन्छ । यसलाई गिलासमा खन्याउने र माथिबाट किसमिस, नरिवल, छोकडा र काजु राख्न सक्नुहुन्छ । यो मसलाले लस्सीको टेस्ट अझै मिठो बनाउँछ ।

यो त सामान्य स्विट लस्सी बनाउने कुरा भयो । आफूलाई फरक–फरक फ्लेवरको लस्सी खान मन लाग्छ भने पनि बनाउ सक्नुहुन्छ । यसका लागि उक्त फ्लेवरको सामान पनि दहीलगायत तिनै सामग्रीमा सँगै राखेर मिक्स गर्ने हो । बनाना फ्लेवरको लस्सी अधिकांशले रुचाएको पाइन्छ । यसका लागि एउटा केरा मिसाउन सक्नुहुन्छ ।

त्यस्तै स्ट्रबेरी, भेनेला, आँपलगायत फ्लेबर पनि रुचाइन्छ । घरमा यस्ता फलफूल उपलब्ध छन् भने यिनैको फ्लेवरका लस्सी तयार पार्न सक्नुहुन्छ । लस्सीले गर्मीमा शीतलता मात्रै दिने होइन, शरीरमा शक्ति पनि दिन्छ ।

तपाईको प्रतिक्रिया