शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – अर्घाखाँची समाज जापानले जिल्लाका विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । अर्घाखाँचीमा जन्मेर जापानलाई आफ्नो कर्मथलो बनाएका अर्घाखाँचीबासीहरूको संस्था अर्घाखाँची समाज जापानले एक कार्यक्रमबीच ज़िल्लाका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेको हो । यही सेप्टेम्बर १० तारिकका दिन टोकियोमा भएको कार्यक्रममार्फ़त सर्वोच्च अदालतका उप-सचिव अशोक क्षेत्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप-सचिव लक्ष्मी पौड़ेल, नेपाल सरकारका शाखा अधिकृत रामाराम दाहाल र लोक गायिका सम्झना लामिछानेलाई सम्मान गरेको समाजले जनाएको छ । अर्घाखाँचीमा जम्मेर देशको राज्यको विभिन्न अंगमा रहि देश र जनाताको सेवामा काम गरेको भन्दै समाजले उनीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा बोल्दै समाजका अध्यक्ष नेत्र विष्टले देश र जनताको पक्षमा जापानमा सिकेको ज्ञानको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अर्घाखाँचीमा जम्मेर देशको न्यायिक तथा प्रशासनिक क्षेत्रको नेतृत्वमा पुग्नको लागी शुभकामनासमेत व्यक्त गर्नुभयो । सो अवसरमा सम्मानितहरुले आफू निरन्तर देश र जनाताको पक्षमा काम गर्ने भन्दै जन्म जिल्लाको शीर उच्च राख्नेमा ढुक्क रहन आग्रह गर्नुभएको थियो । कार्यक्रममा समाजका उपाध्यक्षद्वय आर्यन टण्डन र कृष्ण केसीले खादा ओडाएर सम्मान गर्नुभएको थियो । समाजका महासचिव बाबुराम पौडेलले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष दीपक थापाले स्वागत गर्नुभएको थियो भने अध्यक्ष विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया