Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं  – हिन्दूहरूको महान् चाड तिजका अवसरमा धेरै महिला व्रत बस्छन् । पौराणिक मान्यताअनुरूप यस व्रतमा विवाहित महिलाले श्रीमान्को दीर्घायुको कामना गर्छन् भने अविवाहित महिलाले योग्य वर पाउनका लागि प्रार्थना गर्छन् ।

भगवान् शिवका लागि माता पार्वतीले सबैभन्दा पहिले यो व्रत बसेको पौराणिक कथन छ । त्यसैले यस दिन गौरी-शंकरको पूजा गर्नका लागि महिलाहरू सूर्य उदाउनुअघि नै उठ्छन् । त्यसपछि नुहाएर शृंगार गर्छन् । केराको पातले मण्डप बनाएर गौरी-शंकरको प्रतिमा स्थापित गर्छन् । पूजास्थललाई फूलले सजाएर त्यहाँ प्रतिमा स्थापना गरिन्छ । पूजा, धार्मिक कथा श्रवण र भजन-कीर्तन गर्दै व्रत बसिन्छ ।

-धार्मिक परम्पराअनुरूप तिजको व्रत बस्ने महिलाले सुत्न हुँदैन । कुमारी र विवाहित महिला दुवैले व्रत बस्न सक्छन् । बिरामी परेको खण्डमा भने व्रत तोड्न सकिन्छ । यस्तो अवस्थामा दोस्रो महिला वा पतिले व्रत बस्न सक्छन् ।

-व्रतको वैज्ञानिक महत्व पनि छ । निराहार हुँदा शरीरले आराम महसुस गर्छ । दिमाग तेज हुन्छ र सकारात्मक भावनाको विकास हुन्छ । शारीरिक रूपमा कमजोर, बिरामी र बालबालिकाले व्रत नबस्दा नै राम्रो हुन्छ ।

-कतिपय व्रतालु पानीसमेत नखाई व्रत बस्छन् । तर, यो राम्रो होइन । हाम्रो शरीरलाई सधैँ पानीको आवश्यकता हुन्छ । पानीको कमीले डिहाइड्रेसन हुन्छ । बेहोस हुने, थकाइ लाग्ने, निद्रा लाग्ने, टाउको दुख्ने तथा दिमागमा समेत असर पर्छ ।

-निर्धक्कसाथ पानी पिउनुस् । फलफूल पर्याप्त खानुहोस् । यसो गर्नाले शरीर कमजोर हुन पाउँदैन । तपाईंको स्वास्थ्यका लागि यो आवश्यक छ ।

-व्रत सकिएलगत्तै उच्च प्रोटिनयुक्त खानेकुरा नखानुहोस् । यसो गर्नाले स्वास्थ्य बिग्रन्छ । बरु साग, गाँजर, काँक्रोलगायतका हल्का सलाद लिनुहोस् । रेसादार खानेकुरा खानुहोस् ।

-तपाईंलाई कुनै समस्या छ, बिरामी हुनुहुन्छ वा शरीरले थकान वा कमजोर महसुस गरिरहेको छ भने व्रत नबस्नुहोस् । १८ वर्षभन्दा कम उमेरका व्यक्तिले व्रत नबसेको नै राम्रो हुन्छ । यो उमेरका व्यक्तिको शरीर व्रतका लागि परिपक्व हुँदैन ।

तपाईको प्रतिक्रिया