Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – कसैको जीवन पूर्ण छैन
आजकल सामाजिक सञ्जालमा मानिसहरूले अत्यधिक खुसी भएको र रमाइलो गरिरहेका तस्बिरहरू पोस्ट गर्छन् । तर, याद राख्नुस्, कसैको जीवन पनि इन्स्टाग्राम वा फेसबुक फिडमा देखिएजस्तो पूर्ण छैन । तपाईंंका जस्तै दुखदायी अनुभवहरू उनीहरूसँग छन् ।

पारिवारिक विछोड, करिअरमा ब्याक हुनुपर्ने अवस्था, डिप्रेसनलगायतका समस्या उनीहरूले पनि भोगेका हुन सक्छ । त्यसैले सामाजिक सञ्जालमा हेरेर अरूको ईष्र्या गर्ने र आफूलाई कमजोर सोच्नेभन्दा उनीहरूका राम्रो कामको प्रशंसा गर्ने गर्नुस् । कम्तीमा पनि उनीहरूको जीवन सामाजिक सञ्जालमा देखिएजस्तो खुसी नै खुसीले भरिएको छैन ।

आफ्नो अवस्थालाई सुन्दर देख्नुहोस्
तपाईंंका कठिन चुनौती, गहिरा घाउ र डरहरू नै सुन्दर, महत्वपूर्ण र प्रशंसा गर्नलायक पाटाहरू हुन् । निर्जीव फूलको आकृतिको पनि त्यति नै प्रशंसा गर्नुस्, जति अरुले बास्नादार फूलको गर्छन् । हामीले कुरूप देखेका वस्तुहरू पनि सुन्दर हुन्छन् । हामी सस्तो चियाको कप र कागजबाट बनेको फूलको पनि प्रशंसा गर्न सक्छौँ । यसले प्रशंसा गर्न सिकाउँछ ।

नयाँ दृष्टिकोणको खोजी
जब तपाईंंले कुनै ठूलो गल्ती गर्नुभएको छ भने त्यतिवेला तपाईंंका लागि सबैभन्दा ठूलो शिक्षक को हुन सक्छ ? पक्कै पनि प्रकृति तपाईंंको साथमा छ । बाहिर निस्किएर हिँड्न सक्नुहुन्छ वा कुद्न पनि सक्नुहुन्छ । आफूवरपरको अवस्थालाई नियाल्नुहोस् । त्यहाँ के–कति गल्तीहरू छन्, कति कमजोरीहरू छन्, कति अपूर्णताहरू छन्, रुखका पातहरू परिवर्तन भइरहेको हेर्नुहोस् । चट्टानमा झार उम्रिरहेको हेर्नुहोस् । तपाईंंको आँखाले के हेर्छ भन्ने महत्वपूर्ण हो । यसरी नै दृष्टिकोण परिवर्तन
गर्दै जानुहोस् ।

तुलना गर्न छाड्नुहोस्
सामाजिक सञ्जालको प्रभाव फैलिएको अहिलेको समयमा कोही कसैसँग तपाईंले आफूलाई तुलना गर्न सहज छ । तर याद गर्नुस्, यसरी अरूसँग तुलना गर्न तपाईंले आफूलाई स्विकारिरहनुभएको हुनेछैन । त्यसैले आफ्नो अस्तित्व स्विकार्नुहोस् र शान्त रहनुहोस् । टिभी, एफएम वा इन्टरनेटजस्ता विद्युतीय उपकरणहरू सुन्नु वा हेर्नुपूर्व प्रत्येक बिहान ध्यान गर्ने गरेको आफ्नै दृष्टान्त पुस्तकमा समेटिएको छ ।

माफी दिनुहोस्
मानिसले गल्ती गर्छन्, जसरी तपाईंले गर्नुहुन्छ । तपाईंले यस यथार्थलाई सहजै स्विकार्नुस् र माफी दिनुस् । पेटमा भार र हृदयमा पीडा लिएर बाँच्नुभन्दा माफी दिनु नै राम्रो हुन्छ ।

आफैँप्रति इमानदार हुनुहोस्
आफैँले आफैँलाई माया गर्नुको अर्थ पुस्तक पढ्नका लागि वा मसाज गर्नका लागि समय निकाल्नु भन्ने मात्रै होइन वा तपाईंको स्वास्थ्यप्रति सजग हुने मात्रै पनि होइन । आफ्ना राम्रा कामबाट प्रफुल्लित हुन सिक्नुहोस् । तपाईंले यस्तै जीवन बाँच्नुपर्छ भन्ने कुनै दर्शन छैन । तपाईं जस्तो हुनुहुन्छ, त्यो आफैँमा विशेष छ । यो तपाईंको आमाले भन्ने कुरा मात्रै होइन । त्यसैले आफूले आफैँलाई त्यस्तै इमानदारीका साथ व्यवहार गर्नुस्, जसरी आफ्नो मिल्ने साथीलाई गर्नुहुन्छ । कमजोरी सुध्रँदै जानेछन् । आफैँसँग इमानदारीका साथ प्रस्तुत भएको खण्डमा राम्रो गर्दागर्दै पनि कहाँ चुके भन्ने तपाईंलाई प्रस्ट हुन्छ ।

सहयोगी मानिसको समीपमा बस्नुहोस्
साहित्यिक रूपमा होस् वा सांकेतिक रूपमा, समुदाय जस्तो हुन्छ हामी पनि त्यस्तै नै हुन्छौँ । अरूसँग घुलमिल हुँदा तपाईं आफूप्रतिको मायालाई पनि बढाइरहेको हुनुहुनेछ । सामाजिक हुनु भन्नाले तपाईंले आफ्नो फोनमा ग्रुप टेक्स्ट गरेभन्दा बढी हो । तपाईंको जीवनका अनेक चरणमा आएका मानिसहरूको समीपमा रहनुस् ।

तपाईको प्रतिक्रिया