Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –दाँतले मानिसको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसका लागि दाँतको स्याहार गर्ने कुरामा हामी सजग हुनुपर्छ । यदि हाम्रो दाँत फोहोर छ भने मुखबाट दुर्गन्ध आउने समस्या हुन्छ ।

यसो भएको खण्डमा कोही पनि हाम्रो नजिक बस्न चाहँदैन । दाँतको सरसफाइ नभएमा हामीलाई मुखसम्बन्धी विभिन्न रोगसमेत लाग्न सक्छ । दाँत र मुखको सफाइ भएन भने यसले मुखमा मात्र नभएर शरीरका अन्य भागमा समेत रोग लाग्न सक्छ । त्यसैले यहाँ दाँतको सरसफाइ गर्ने केही तरिका दिइएको छ :

मुख सफा राख्न दाँतमा हुने विभिन्न समस्याको समयमै उपचार गराउनुपर्छ । दाँतको उपचार गराउँदा दुखाइबाट छुटकारा पाउन र मुखको दुर्गन्धबाट बच्न सकिन्छ ।

मानिसहरू दाँत दुख्न थालेपछि मात्र उपचारका लागि अस्पताल जाने गर्छन् । ढिलो गरेर अस्पताल जाँदा दाँतको समस्या जटिल हुन सक्छ । सचेत भएर वेलावेलामा दाँत तथा मुखको परीक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ ।

बच्चाहरूको दूधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ । ती दाँतले बच्चालाई खाना चपाउन मद्दत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँसमेत निर्धारण गर्छ । त्यसैले स्थायी दाँत उम्रने समय नभएसम्म दूधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झ-यो भने पछि आउने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा नमिलेर बांगोटिंगो भएर आउने हुन्छ ।

दाँतको उचित स्याहार नगर्नाले दाँतमा किरा लाग्ने, दाँत बिग्रने, दाँत पहेँलो हुने, मुख गनाउनेजस्ता समस्या देखा परिरहेका हुन्छन् । दाँतले राम्रोसँग चपाउन सकिएन भने हाम्रो शरीर पूरै अस्वस्थ हुन्छ । त्यसैले दाँतमा कुनै समस्या आउनुपूर्व नै सावधानी अपनाउनुपर्ने हुन्छ ।

हामीले खाएको खानेकुरा दाँतमा अड्किन्छ र त्यसलाई कीटाणुले खाएपछि निस्किएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सडाइदिने समस्या हुन्छ । त्यसैले हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नुपर्छ ।

तपाईको प्रतिक्रिया