Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जिम गर्न जिम सेन्टर नै जानुपर्छ भन्ने छैन, घरमा पनि गर्न सकिन्छ । तर, हेल्थ क्लब नै जानुको मुख्य कारण भनेको एक्सरसाइजका लागि आवश्यक सामग्री पाइनु पनि हो ।

कतिपय सामग्रीको सट्टामा घरेलु सामान पनि प्रयोग गर्न सकिन्छ । तर, कतिपय अवस्थामा त्यस्ता घरेलु सामग्रीको उपयोगिता नहुन सक्छ । र, सबैले घरमा किनेर राख्न सक्ने अवस्था हुँदैन, महँगो पर्न जान्छ । तर, जिम सेन्टरमा यी सबै राखिएको हुन्छ ।

जिमका लागि आवश्यक केही सामग्री निम्न छन् :

बेन्च बेल्ट मेसिन
चेस्टका लागि गरिने एक्सरसाइजमा यो मेसिन जरुरी छ । यो एक्सरसाइज बेन्चमा सुतेर मिनरल वाटरको बोतलमा पानी भरेर गर्न सकिन्छ । आवश्यकताअनुसार कोकाकोलाको जम्बो बोतलमा पानी भरेर बढाउन सकिन्छ । यो अपर चेस्टका लागि उपयोगी हो ।
डम्बेल
यो मेसिन बाइसेप र ट्राइसेपका लागि उपयोगी मेसिन हो । यसको प्रयोग गर्नाले बाइसेप र ट्राइसेप घटाउन वा बढाउन सकिन्छ ।
ब्याकपुल मेसिन : फ्रन्ट एन्ड ब्याक दुवै तरिकाले गर्नुपर्ने यो एक्सरसाइजले बडी सेप दिन सहयोग गर्छ ।

केबल प्रेस
यसले पनि बाइसेप र ट्राइसेपका लागि काम गर्छ ।

तपाईको प्रतिक्रिया