आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको उत्तरी क्षेत्र होक्काइदोमा बिहीबार बिहान ६ दशमलव ७ म्याग्निच्युड स्केलको शक्तिशाली भूकम्पको धक्काबाट कम्तिमा पनि ७ जनाको मृत्यू भएको छ, १ सय २० जना गम्भीर घाईते भएका छन् भने ४० जना हराईरहेका छन् । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताईएको छ ।
जापानी सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार भूकम्पबाट प्रभावित क्षेत्रमा उद्वार तथा राहतका लागि २५ हजार भन्दा बढि उद्वारकर्मीहरुको टोली परिचालन गरिएको छ ।
बिहीबार बिहान करिव ३ बजेतिर गएको भूकम्पबाट विद्युत आपूर्ती अवरुद्ध हुनुका साथै ठूलो धनजनको क्षती भएको छ । भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको आत्सुमा सिटी भूकम्पको धक्काबाट पुरै क्षतीग्रस्त भएको बताईएको छ । त्यहाँका स्थानीय मध्य १० जनालाई हेलिकोप्टरबाट बचाईएको थियो ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले होक्काइदोको प्राकृतिक बिपत्तिमा राहत तथा उद्वार गर्न एक आपतकालिन कार्यदल गठन गरेका छन् । भूकम्पबाट प्रभावित स्थानीयहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अस्पतालहरुमा बैकल्पिक ऊर्जाको प्रयोग गरी काम चलाईएको छ । भूकम्पका कारण द्रुत गतिमा चल्ने सिन्कान्सेन, हवाई सेवा लगायतका सबै सार्बजनिक यातायात थप्प भएको छ ।
भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको बताईएको छ ।
यो समाचार तयार पार्दासम्म भूकम्पग्रस्त क्षेत्रमा रहेका सबै नेपालीहरु सबै सुरक्षित रहेको नेपाली दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले बताउनुभयो ।***

unn.prixa.net

तपाईको प्रतिक्रिया