Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

कालिकोट – दैलेख आठबिसकोट नगरपालिका हिंसासैन गाउँका इसरा तिरुवामा आठ महिनाका छोरी कल्पना तिरुवा कडा शीघ्र कुपोषण बिरामी भएकाले आज जिल्ला अस्पताल कालिकोटका उपचारका पुर्‍याइयो । बालिका तिरुवाको शरीरमा हेमोग्लोबिन तीन ग्राम मात्र भएकोले ओ-पोजिटिभ रगत आवश्यकता पर्‍यो । तिरुवालाई तत्काल रगतको आवश्यकता भएकाले कतैबाट रगत जोहो भएन् । तत्काल रगत चाहिने भएकाले तिरुवालाई जिल्ला अस्पताल कालिकोटमा कार्यरत डा. पूजा बिसीले रगत दिनुभयो ।

त्यसपछि तिरुवाको उपचार सुरु भयो । शीघ्र कुपोषणका कारणले अन्तिम अवस्थामा रहेकी बालिका तिरुवालाई डा. बिसीले रगत नदिएको भए उहाँको उपचारमा समस्या हुने अवस्था आएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । यो त एउटा प्रतिनिधि घटनामा मात्रै हो । जिल्ला अस्पताल कालिकोटका डाक्टर तथा अन्य स्वास्थ्य कर्मचारीहरूले बिरामीलाई रगतको आवश्यकता पर्दा आफैँ दिने गरेका छन् ।

जिल्लामा ब्लड बैंक नहुदाँ, बिरामी आफन्त र तथा अन्यले रगत दान गर्न नमान्दा डाक्टरलगायतका अन्य स्वास्थ्य कर्मचारीहरूले बिरामीलाई रगत आवश्यकता पर्दा आफैँ दिने गरेका हुन् । जिल्ला अस्पतालमा आउँने बिरामीलाई रगत आवश्यकता पर्दा अन्य वैकल्पिक उपाय नहुँदा बिरामीलाई रगतको आवश्यकता पर्दा कित जिल्ला अस्पतालमा कार्यरत कर्मचारी कि सेना, प्रहरीको भर पर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पताल कालिकोटमा कार्यरत सिनियर अहेब कटकबहादुर महतले बताउनुभयो ।

जिल्लामा ब्लड बैंक नहुँनु र रगत दान गर्नु हुँदैन भन्ने स्थानीयको रूढीवादी मान्यतका कारणले जिल्ला अस्पताल कालिकोटमा रगतको अभाव हुने गरेको सिनियर अहेब महतले बताउनुभयो । ‘जिल्लामा ब्लड बैंकको छैन्। अन्य स्थानीयहरूले रगत दिन मान्दैनन्’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया