आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको संयुक्त आयोजनामा जापानमा अन्तराष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ हुने भएको छ ।

२०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो संस्करण अनेसास सँग मिलेर यसपटक हाइकुको उदगम थलो जापानमा गर्न लागिएको हो । कार्यक्रम यहि सेप्टेम्बर ३० तारिखमा टोकियोस्थित शिन ओकुबोमा रहेको मुरा हलमा गर्न लागिएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनुभयो ।

जापानका केहि चर्चित हाइकु कविहरुको पनि सहभागिता रहने महोत्सवमा युरोप, अमेरिका, नेपाल लगायतका क्षेत्रमा नेपाली हाइकु लेखनमा सक्रिय कविहरुको उपस्थित हुने जनाइएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ ले ‘हाइकुको उद्गमस्थल भएकोले पनि यसपटकको सम्मेलन जापानमा गर्न लागिएको बताउनुभयो ।

नेपाली हाइकु कवि र जापानी हाइकु कविको बिचमा राम्रो सम्बन्ध स्थापना गरी हाइकुको माध्यमबाट नेपालमा साहित्यिक पर्यटक भित्राउने उदेश्यले पनि कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

अन्तराष्ट्रिय नेपाली हाइकु महोत्सव २०१८ जापानमा आयोजना हुनुलाई नेपाल र जापान बिच साहित्यको माध्यमबाट नयाँ सम्बन्ध बिकसित हुने नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया