आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी आज जापानको पश्चिमी तटमा ठोकिएको छ । जापानको मौसम विभागले यसलाई २५ वर्षपछिकै सबैभन्दा शक्तिशाली आँधी भनेको छ ।

विभागका अनुसार अहिले त्यस क्षेत्रमा १६२ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेको छ जसले गर्दा समुद्रमा अग्ला लहर उठेका छन्, हावाको गति अझै बढ्न सक्छ ।  विभागले भारी वर्षा र पहिरोको चेतावनी जारी गर्नुका साथै लगभग ३ लाख मानिसलाई सुरक्षित स्थानमा जानका लागि सल्लाह दिइएको छ ।

समाचार एजेन्सीहरुका अनुसार कान्साई विमानस्थलमा पानी भरिएका कारण विमानसेवाहरू रोकिएका छन् । देशभरि लगभग ५०० उडान रद्द गरिएका छन् । ओसाका र हिरोशिमाबीच चल्ने स्थानीय हाईस्पीड ट्रेन सेवा पनि रोकिएको छ ।

‘जेबी’ होन्शू टापुतिर गइरहेको छ, त्यहाँ पुगेर यसको गति मन्द हुने सम्भावना छ । राजधानी टोकियामा पनि आँधीका कारण भारी वर्षा र तीव्र हावा चल्ने चेतावनी जारी गरिएको छ । स्कूलहरूमा बिदा दिइएको छ । 

 

तपाईको प्रतिक्रिया