Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – शेयर बजार परिसूचक नेप्से लगातार तेश्रो दिन आज पनि बढेको छ । हिजो ८ अंकले बढेको नेप्से परिसूचक आज १६ अंकले बढेर १२ सय ६ बिन्दुमा पुगेको छ । पछिल्ला दिनहरुमा घट्दो क्रममा रहेको नेप्से आज १८ दिनपछि १२ सयको बिन्दुबाट माथि उक्लिएको हो ।

दिउँसो एक समय २४ अंकले बढेर नेप्से १२ सय १४ अंक भन्दा माथि पुगेको थियो । नेप्से बढेको बेला नाफा बुक गर्नेहरुले शेयर बेच्न थालेपछि बजार फेरि घटेको थियो । आज होटल र अन्य समूहको सुचक घटे पनि अरु सबै समूहको परिसूचक बढेकाले नेप्सेमा १६ अंकको सुधार आएको हो । नेप्सेमा आज कारोबार रकम झण्डै २४ करोडले बढेको छ । आज ५४ करोड ६० लाख रुपैयाँ बराबरका झण्डै १८ लाख कित्ता शेयर किनबेच भएको हो ।

आज लक्ष्मी बैंक लिमिटेड र काबेली विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशत बढेको छ । लक्ष्मी बैंक र एभरेष्ट बैंक मर्जरमा जाने हल्ला चलेका कारण लक्ष्मी बैंकको शेयर बढेको हो । यस्तै काबेली विकास बैंकले आज ३५ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको थियो । शेयर बजार बढे पनि आज नाग्दी ग्रुप पावर लिमिटेडका शेयर धनीले सबैभन्दा बढि ७ प्रतिशत गुमाएका छन् ।

तपाईको प्रतिक्रिया