आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – नेपाली जारीहरुको महान चाड हरितालिका तीजको अवसरमा गल्कोटे दिदीबहिनी समूह टोकियोले ‘तीज विशेष कार्यक्रम २०७५’ गर्ने भएका छ । दिदीबहिनी समूहले आगामी सेप्टेम्बर ११ तारिखका दिन एकेगामी खाइकानमा ‘तीज विशेष कार्यक्रम २०७५’ गर्ने भएका हुन् ।

उक्त कार्यक्रममार्फत मनोरञ्जनसँगै बाग्लुङ जिल्लाको गल्कोटस्थित हटिया उपस्वास्थ्य चौकीलाई युएसजी मेसिन (भिडियो एक्सरे) सहयोग गरिने भएको छ । स्वास्थ्य चौकीमा महिलाहरुलाई गर्भपरिक्षण गर्न सहज होस् भन्ने उदेश्यले युएसजी मेसिन सहयोग गराइने कार्यक्रम संयोजक कालिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दिदीबहिनीहरुलार्इ वर्षदिनको तीजमा मनोरञ्जन सँगसँगै अत्यावश्यक मेसिन हस्तान्तरण गर्ने उदेश्य राखिएको छ । आफू विदेशमा रहे पनि नेपालको माया र नेपालमा रहेका महिलाहरुको पीडा महशुस गरिरहेको भन्दै उहाँले महिलाहरुको सहजताका लागि मेसिन सहयोग गर्न लागिएको बताउनुभयो ।

कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु पनि आउँने भएका छन् । लोक तथा दोहोरी गायक इश्वर सिंह र लोक गायिका रितु कंडेल जापान आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाइ घुम्टे युवा परिवार मल्म गल्कोटको जापान शाखा तथा शिबज्वती युवा क्लब जापान शाखाले सह-आयोजना गरेका छन् । चेलीहरुले पवित्र उदेश्यले आयोजना गर्न लागेको कार्यक्रमलाई सफल बनाउन आफूले सह-आयोजकको भूमिका निर्वाह गरेको सह-आयोजक क्लब प्रतिनिधि बताउँछन् । कार्यक्रममा सहभागिताका लागि आयोजकले सम्पूर्णमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया