बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – जापान आउने पर्यटकको संख्यामा तिब्र बृद्धि भई अघिल्लो बुधबारसम्म २ करोड नाघेको अधिकारीहरुले बताएका छन् ।

उक्त अवधिसम्ममा २ करोड पर्यटक संख्या नाघेको यो पहिलोचोटी भएकोले नयाँ रेकर्ड कायम भएको उनीहरुले बताएका छन् ।

उक्त कुरा क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले सोमवार एक कार्यक्रमका बीच घोषणा गरेका हुन् ।

जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार गत वर्षो सेप्टेम्बर १५ मा मात्र जापान आउने पर्यटकको संख्या २ करोड पुगेको थियो ।

जापान सरकारले आफ्नो देशमा पर्यटक भित्र्याउन विभिन्न किसिमका उपायहरु अवलम्बन गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया