बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – नेपाली महिलाहरूको उल्लासको पर्व हरितालिका तीजको अवसरमा बिहुँकोट समाज जापानले एक तीज बिशेष कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमका लागि नेपालबाट चर्चाका शीखरमा रहेका प्रजापति पराजुली र राधिका हमाल जापान आउने भएका छन् ।सेप्टेम्बर १० तारिखका दिन नाकानो जेरो हलमा हुने सो कार्यक्रममा जापानमै रहेका गायकद्वय युवराज आचार्य र सूर्य खड्काले साथ दिने भएका छन् ।
सोही कार्यक्रम भोलिपल्ट ११ तारिख ओसाकामा पनि हुने भएको छ । ओसाकास्थित होटल केहान गार्डेनमा हुन गईरहेको सो कार्यक्रमका लागि तिब्र तयारी भईरहेको समाजका प्रवक्ता फणिन्द्र शर्मा जानकारी दिनुभएको छ ।

समाजका कोषाध्यक्ष दिपक कँडेलका अनुसार उक्त कार्यक्रमको इभेन्ट पार्टनरका रुपमा दिपवे कम्पनी जापान रहेको छ भने अन्य धेरै संघसंस्था तथा ब्यक्तिहरुले गोल्ड पार्टनर, सिल्भर पार्टनर र सपोर्टरकारुपमा सहयोग गर्ने भएका छन् । कार्यक्रमबाट हुने मुनाफा रकम नेपालका बिपन्न परिवारलाई सहयोग गरिने कार्यक्रम रहेको सो समाजले जनाएको छ ।

कार्यक्रममा महिलाहरूका लागि प्रवेश निःशुल्क गरिएको प्रचारप्रसार संयोजक गोपाल शर्मा ‘अशोक’ ले जानकारी दिनुभएको छ ।

सोही तीज कार्यक्रमको अवसरमा बिहुँकोट समाज जापान कान्साई क्षेत्रले स्वास्थ्य शिविर सञ्चालानार्थ सुरू गरेको भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा पनि सार्वजनिक गरिने बिहुँकोट कान्साई क्षेत्रिय अध्यक्ष गंगाप्रसाद सुबेदी ’कृष्ण’ ले जानकारी दिनुभयो ।***

तपाईको प्रतिक्रिया