Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनुभएको दाहालको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । उहाँको निधनको पुष्टि आस्था कला केन्द्रका अध्यक्ष रमेश थापाले गर्नुभयो ।

यज्ञनिधि दाहाल (दाहाल यज्ञनिधि) नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्थ्यो । २०१० सालमा खोटाङको खाल्लेमा दाहालको जन्म भएको थियो ।  उहाँले चलाएको रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्थ्यो ।  २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाउनुभएको थियो । ।

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना , अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्‍याउनुभएको थियो  ।

तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उहाँले विस्तार गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया