Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल भित्रिएको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिले ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याएको  छ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी भैरहेको र यी फोन सस्तो पर्ने कम्पनीले जनाएको छ ।

टम्बो ब्राण्डका फिचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा पाइनेछ । सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले जनाएको छ ।

‘टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फिचरहरु राखिएका छन् ।

यी फोनहरुमा फोरजी भीओएलटीई सपोर्ट, वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर छन् ।

तपाईको प्रतिक्रिया