Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – चिनियाँ स्मार्टफोन हुवावे विश्वमा सबैभन्दा धेरै बिक्री  हुने स्मार्टफोनको सूचीमा दोस्राे स्थानमा उक्लिएको छ । एप्पललाई पछि पार्दै हुवावे विश्वको दोश्रो लोकप्रिय स्मार्टफोन बनेको हो । सन् २०१८ को अप्रिलदेखि जूनसम्मको दोस्राे त्रैमासिक अवधिमा विश्वभर भएको स्मार्टफोनको बिक्रिमा हुवावेले एप्पललाई पछि पार्न सफल भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आर्इडीसी, काउन्टरप्वाइन्ट रिसर्च तथा केनलिसको रिपोर्ट अनुसार यस अवधिमा सामसुङ विश्व बजारमा पहिलो स्थान कायमै राख्न सफल भएको छ । निर्यातमा गिरावटका बाबजुत एप्पलले विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सेदारी २० प्रतिशतभन्दा बढी कायम राखेको छ । सामसुङले उक्त तीन महिनामा कूल ७ करोड १० लाख स्मार्टफोन निर्यात गर्‍यो । हुवावेले भने स्मार्टफोन बजारमा आफ्नो हिस्सेदारी झण्डै १६ प्रतिशत पूराएको छ ।

यस अवधिमा हुवावेले विश्वमा ५ करोड ४० लाख स्मार्टफोन बेच्न सफल भएको छ । उता झण्डै १२ प्रतिशतको हिस्सेदारीमा खुम्चिएको एप्पलले यस अवधिमा ४ करोड १३ लाख स्मार्टफोन निर्यात गर्न सफल भएको छ । धेरै बिक्री हुने लोकप्रिय स्मार्टफोनको चौथो नम्बरमा शाओमी छ भने पाँचौँ नम्बरमा ओप्पो रहेको छ । काउन्टरप्वाइन्टका अनुसार पछिल्लो ७ वर्षदेखिको एप्पल–सामसुङको आधिपत्यलाई तोड्दै हुवावेले पहिलोपटक शीर्ष दुईमा स्थान बनाउन सफल भएको हो । –एजेन्सी

तपाईको प्रतिक्रिया