Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – वैदेशिक भ्रमणमा मितव्ययीताको नारा लिएको सरकारले एकै महिनामा २ करोड रुपैयाँभन्दा बढी यही शिर्षकमा रकमान्तर गरी खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार असारमा मात्रै वैदेशिक भ्रमणको प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च अन्तर्गत २ करोड १३ लाख ३७ हजार रुपैयाँ रकमान्तर भएको छ ।

वैदेशिक भ्रमण अन्तर्गतको खर्चमध्ये सबैभन्दा धेरै रकमान्तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको खर्चको भुक्तानीका लागि भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ रकमान्तर गरेको छ । गत ५ देखि १० असारमा प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल चीन भ्रमण गएको थियो । प्रधानमन्त्री, मन्त्रि, सरकारी उच्च अधिकारी, उद्योगी-व्यापारी सहित सञ्चारकर्मी लगायत एक सय १९ सदस्यीय टोली चीन भ्रमण गरेको थियो ।

सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ बमोजिम हुनेगरी प्रचलित ऐन नियमको प्रक्रिया पूरा गरी भुक्तानी गर्न उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त शिर्षकमा एक करोड ५१ लाख १५ हजार रुपैयाँ निकासा गरेको छ ।

तपाईको प्रतिक्रिया