Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – एक विशेष प्रकारको लामखुट्टेले ८० प्रतिशत रोगका किटाणु बोक्ने गरेको एक अनुसन्धानबाट खुलेको छ । अस्ट्रेलियाको नर्थ क्युन्स्ल्याण्डका वैज्ञानिकहरू यस विषयमा सफल अनुसन्धान गरेका हुन् ।

कमनवल्थ साइन्टफिक एन्ड इन्ड्रस्ट्रियल रिसर्च अर्गनाइजेन (सिएसआइआरओ) र जेम्स कुक युनिभर्सिटी (जेसियु) का वैज्ञानिकहरूले एडेस इजिप्टी मस्किटोलार्इ केन्द्रमा राखेर परीक्षण गरेका थिए । परीक्षणका क्रममा जिका फिभरजस्ता घातक रोगका किटाणुहरू उक्त लामखुट्टेले बोक्ने गरेको भेटिएको हो । जेसियूको प्रयोगशालामा दुर्इ लाख लामखुट्टेको उत्पादन गरी उनीहरूलार्इ घातक किटाणुहरूसँग राखेर परीक्षण गरिएको थियो ।

‘एडेस इजाइसी मस्किटो संसारकै सबैभन्दा घातक मस्किटो हो’ अध्ययनपछि तयार पारिकइ प्रतिवेदनबारे व्याख्या गर्दै सिएसआइआरओका डाइरेक्टर एफ हेल्थ एन्ड बायोसेक्युरिटी रोब ग्रेन्फेलले भने ‘सबै लामखुट्टेले रोगहरू फैल्याउँदैनन् तर तीन प्रकारका लामखुट्टे धेरै घातक हुन्छन् । ती हुन्, एडेस एजाइसी र कुलेक्स, यी तीनै प्रकारका लामखुट्टे प्रयाः विश्वभरी नै पाइन्छन् र यिनीहरू समग्रमा १७ प्रतिशत रोगका किटाणु फैल्याउने कारक हुन्छन् तर एडेस एजाइसी भने बढी घातक हुन्छ।’

सो अनुसन्धानले रोग फैल्याउने माध्यम र उपचारका लागि खोजिने नयाँ उपायका लागि मद्दत मिल्ने सोधकर्ताहरूको विश्वास छ । आक्रामक प्रजातिको लामखुटेमध्येको एडेस इजाइसी मूलतः अफ्रिकामा पाइने लामखुट्टे हो तर यो जातको लामखुट्टेले अस्ट्रेलियामा भने उती साह्रो असर नपार्ने बताइएको छ । उक्त अनुसन्धानमा पछिल्लो समय सिएसआइआरओ, जेसियूका साथै आल्फाबिटाको स्वामित्वको गूगलबाट निर्देशित हेल्थ रिसर्च अर्गनाइजेशन भेरिलीले पनि सहकार्य गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया