Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – चिनियाँ स्मार्टफोन निर्माता हुवावेले आफ्नो नोभा सेरिजको नयाँ उत्पादन नोभा ३ सार्वजनिक गरेको छ । चीनमा आयोजना गरिएको एक कार्यक्रममा कम्पनीले यो उत्पादन सार्वजनिक गरेको हो । कालो, निलो, सुनौलो र बैजनी रङ्गमा उपलब्ध हुने गरी कम्पनीले उक्त स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिले सार्वजनिक गरिएको यो उत्पादनको बिक्री जुलाई २० देखि सुरु हुने बताइएको छ । हुवावेको नयाँ उत्पादनमा ६.३ इन्चको डिस्प्ले रहनेछ भने २३४०×१०८० को रेजुलेसन रहने बताइएको छ । यो उत्पादनमा कम्पनीको आफ्नै अक्टो कोर ९७० प्रोसेसरको प्रयोग गरिएको छ भने यसले ८.१ आरेओ अपरेटिङ सिस्टमका साथमा काम गर्नेछ । ६ जीबी र्‍याम रहने स्मार्टफोनमा ६४ जीबी र १२८ जीबीको इन्टर्नल स्पेसको दुई विकल्प रहेको छ । यसमा दुईसय ५६ जीबीसम्मको माइक्रोएसडी कार्डको प्रयोग गर्न सकिन्छ ।

ड्युल रेयर क्यामेरा रहेको स्मार्टफोनमा १६ र २४ मेगापिक्सलका दुई क्यामेराहरु रहनेछन् भने २४ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । फिंगरप्रिन्ट प्रविधिको पनि प्रयोग गरिएको यो स्मार्टफोनमा ३७५० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ४जी, ३जी, वाईफाई, जीपीएस र यूएसबीलगायतका सुविधाहरु रहेको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया