Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागमा ऐकबद्धता जनाउँदै शनिबार पनि र्‍याली निकालिएको छ । चिकित्सक विवेकशील साझा, नागरिक समाज, अधिकारकर्मी लगायतले काठमाडौंको माइतीघर मण्डलाबाट र्‍याली निकालेका हुन् ।

र्‍यालीमा डा. केसीको माग पूरा गर्न दबाब दिँदै प्ले कार्ड बोकेका सहभागीले सरकार स्वेच्छाचारी हुँदै गएकोभन्दै नारा लगाएका छन् । सहभागीले डा. केसीका माग पूरा गर, नागरिक स्वतन्त्रतामाथिको अथिक्रमण बन्द गर, ओली सरकारको मिसन सिटामोलमा कमिशन लगायतका नारा लगाएका छन् । डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका छन् । उहाँको स्वास्थ्य दिनदिनै विग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको मागमा समर्थन जनाउँदै देशभरका चिकित्सकहरुलाई हातमा कालोपट्टी बाँधेर ऐक्यवद्धता जनाउन आह्वान गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी संघले देशैभरका चिकित्सकहरुलाई हातमा कालोपट्टीमा बाँधेर सेवामा खटिन निर्देशन दिएकोे हो । संघले असार २४ गते आइतबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, तथा स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाँउने र ७२ घण्टे अल्टिमेटम दिने तथा सम्वोधन नभए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया