Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – उमेरअनुसार बालबालिकाको दाँत उम्रनु स्वाभाविक प्रक्रिया हो । हुन त यस्तो प्रक्रिया कष्टरहित हुनुपर्ने हो, तर दाँत उम्रने वेला विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । बच्चा पूर्णतः स्वस्थ भएमा भने त्यति कष्ट भोग्नुपर्दैन ।

दाँत उम्रने प्रक्रिया

  बच्चाको दाँत दुईपटक उम्रने गर्छ, एउटा दूधे र अर्को स्थायी दाँत ।
  बच्चा पाँच–सात पहिनाको हुँदा दूधे दाँत उम्रन सुरु हुन्छ । त्यसपछि दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी रहन्छ । जसलाई अंग्रेजीमा ‘प्राइमरी युरुपसन अफ टिथ’ भनिन्छ ।
  यस्तो अवस्थामा गिजाको तल र माथि गरी २० वटासम्म दाँत उम्रने गर्छ ।
  त्यसपश्चात् ६ देखि १२ वर्षको उमेरबीचमा दूधे दाँत झर्न सुरु गर्छ र स्थायी दाँत उम्रने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा ‘सेकेन्डरी युरुपसन अफ टिथ’ भनिन्छ ।
  दाँत उम्रने समयमा प्रायः बच्चालाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्छ ।

उम्रँदा यस्ता समस्या

  दाँत ढिलो गरी आउनु,
  चिडचिडापन, बैचैनी, डर लाग्नु, रुनु, कराउनु,
  ज्वरो आउनु, ज्वरोका साथै शरीर कडा भएर जानु, ऐठन हुनु,
  टाउको दुख्नुका साथै ज्वरो आउनु,
  पातलो, हरियो, खाना नपचेको दिसा बाहिरिनु,
  आँखा रातो, रसिलो हुनु, चिलाउनु, कचेरा आइरहनु,
  कान दुख्नु, कानबाट पिप बग्नु,
  मुखबाट अत्यधिक -याल निस्कनु,
  गिजा सुन्निनु, संवेदनशील बन्नु, खाने वेला गिजा टोकिनु,
  पेट फुल्नु, दुख्नु, कब्जियत, बान्ता हुनु, पेटमा चुर्ना पर्नु,
  खानमा रुचि नहुनु, ठीकसँग खाना नखानु,
  पिसाब फेर्ने समय पीडा महसुस हुनु,
  निद्रा नलाग्नु, निद्रामा तर्सिनु, कराउनु,
  छालासम्बन्धी विभिन्न समस्या देखिनु,

उम्रनुअघि उपचार गर्दा

  बच्चाको दाँत उम्रने समयमा हुने समस्याको होमियोप्याथीमा विभिन्न औषधि उपलब्ध छन् । लक्षणअनुसार त्यसको प्रयोग गरेमा लाभदायक हुन्छ ।
  होमियोप्याथिक चिकित्साले बच्चाको दाँत सजिलैसँग उम्रनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । यस्तो उपचारले दाँतलाई पनि मजबुत पार्छ ।
  कसैकसैमा दूधे दाँत नझरीकनै स्थायी दाँत पलाउन थाल्छ । यसरी उम्रिएका दाँत बांगोटिंगो र विकृत आउने गर्छ । अनि पछि कालो भएर छिटै बिग्रिएर जान्छ ।
  स्थायी दाँत आउनुअघि या या दाँत उम्रने दौरानमै होमियोप्याथिक उपचार गराउँदा त्यस्ता खतराबाट सजिलै बच्न सकिन्छ । यस्तो उपचारले दाँत उम्रिनासाथ कालो हुँदै जाने समस्या हटेर जानुका साथै स्थायी रूपमा उम्रने दाँत पनि स्वस्थ र बलियो हुन्छ ।
  होमियोप्याथिक औषधिको स्वाद गुलियो हुनाले बच्चाले सजिलै यसको सेवन गर्न सक्छ । या बच्चालाई औषधि खुवाउनका लागि जबर्जस्ती गर्नुपर्दैन ।

औषधि

 केमोमिला, बेलाडोना, पोडोफाइलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, फेरम फाँस, मेगनेसियाफाँस, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साइलिसिया, स्टेफसिग्रिया, सल्फर, थुजा, इथुजा, टेरिबिन्थ, मेगनेसिया कार्ब, टियुबरकुलिनम आदि ।
  नजिकैको कुनै योग्य तथा अनुभवी चिकित्सकसँगको परामर्शमा मात्र यस्ता औषधिको सेवन गराउनुपर्छ ।

तपाईको प्रतिक्रिया