Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – यो झरीको मौसम हो । यस्तो मौसम मानिसको स्वास्थ्यका लागि निकै संवेदनशील हुन्छ । यस्तो मौसममा खानामा ध्यान नपु-याउँदा विभिन्न स्वास्थ्य समस्या निम्तिने गर्छ । खासगरी, यस्तो मौसममा मानिसको प्रतिरक्षा प्रणाली कमजोर भएर जान्छ । जसले गर्दा झाडापखाला, रुघाखोकीले बढी मात्रामा सताउँछ । त्यसैले यस्ता खाद्यपदार्थको सेवन गरेर शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्नुहुन्छ ।

० सखरखण्ड

यसमा बिटा केरोटेन र भिटामिन एको मात्रा अत्यधिक हुन्छ । जसले ब्याक्टेरियाबाट बचाउने काम गर्छ । त्यसैले वर्षायाममा सखरखण्डको प्रयोग बढाउँदा राम्रो हुन्छ ।

० लसुन

लसुनमा सल्फरको मात्रा हुन्छ । यस्तो तत्वले रुघा, खोकी र विभिन्न फ्लुको जिम्मेवार भाइरससँग लड्ने काम गर्छ । र, त्यस्ता संक्रमणबाट बचाउन भूमिका निर्वाह गर्छ ।

० बेसार

बेसार एन्टिइन्फ्लेमेट्री, एन्टिफंगल र एन्टिब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ । यस्ता तत्वले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर हुनबाट बचाउनुका साथै यस मौसममा हुने संक्रमणबाट पनि बचाउन मद्दत गर्छ ।

० क्याप्सिकोन

क्याप्सिकोनलाई नेपालीमा भेडेखुर्सानी पनि भन्ने गरिन्छ । यस्तो खुर्सानी अर्थात् क्याप्सिकोनमा साइट्रसयकै स्रोतयुक्त फलफूलभन्दा बढी भिटामिन सी र बिटा केरोटिनको मात्रा हुन्छ । जसले झरीको मौसममा शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाइराख्छ ।

० प्रोबायोटिक्स

दही, खुर्सानी तथा सागसब्जीमा प्रोबायोटिक्स गुण हुन्छ । जसले शरीरलाई इन्फेक्सनबाट बचाउने काम गर्छ ।

० के खाने ?

 झरीको मौसममा सस्र्यूं, मख्खन र बदामको तेल प्रयोग नगर्दा राम्रो हुन्छ । यस्तो तेल पचाउन शरीरलाई गाह्रो पर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न घ्यू, जैतुन, सूर्यमुखीको तेल प्रयोग गर्दा राम्रो हुन्छ ।

 यस्तो मौसममा मानिसले तारेको, स्ट्रिट फुडको प्रयोग झुक्किएर पनि गर्नुहुँदैन । यस्तो खानाबाट बचेर साग, तरकारी र फलफूललाई डाइटमा प्रयोग गर्नुपर्छ ।

 यस्तो मौसममा काँचो सलादको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । यदि खान मन लागेमा राम्रोसँग स्टिम गरी प्रयोग गर्नुपर्छ । स्टिम गर्दा त्यसमा भएका कीटाणु नष्ट हुनुका साथै स्वस्थकर पनि हुन्छ ।

 मनसुनमा काँचो दूध पनि प्रयोग गर्नुहुँदैन । दूधमा मोइस्चर हुने भएकाले यसमा अत्यधिक ब्याक्टेरिया हुन्छन् । जसले पाचन प्रणालीमा असर पु-याउँछ ।

 झरीपछि शरीरको तापक्रम कम त हुन्छ तर पनि पानीको कमी भने हुन दिनुहुँदैन । दिनमा कम्तीमा ८–१० गिलास पानी प्रयोग गर्नुपर्छ । यस्तो समय फलफूलको जुस प्रयोग गर्दा भिटामिन र मिनरल्स पनि प्राप्त गर्न सकिन्छ ।

 यस्तो मौसममा हर्बल चिया प्रयोग गर्दा शरीरको प्रतिरक्षा प्रणाली केही बलियो बन्छ ।

 मनसुनमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले केरा, मेथी, कागती र मौसमी फलफूलको प्रयोग बढाउनुपर्छ ।

 अहिलेको मौसममा सिमी, बोडी, फर्सी, कटहरलगायतका तरकारी उपलब्ध हुन्छन् । यस्ता तरकारीको प्रयोग लाभदायक हुन्छ । यस्ता तरकारीले खाद्य सन्तुलन मिलाउनुका साथै मिनरल्स पनि प्रदान गर्छ ।

०  के नखाने ?

 सहरमा सबै सिजनमा फलफूल तथा तरकारी सहजै उपलब्ध हुन्छ । बजारमा बेमौसमी तरकारी पनि प्रशस्त मात्रामा पाइन्छन् । तर, त्यस्ता बेमौसमी तरकारी उब्जनी गर्न भने अनेक विषादी, रासायनिक मल प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता तरकारीको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

 काउली, रायोको साग, बन्दा आदि बेमौसमी तरकारी हुन् । यस्ता तरकारीको सकभर प्रयोग नगर्दा राम्रो हुन्छ ।

 बर्खायाममा काँचो खाद्यपदार्थको त्यति प्रयोग गर्नुहुँदैन । किनकि, यस्ता फलफूल वा खाद्यपदार्थमा पोटासियम प्रयोग गरिएको हुन्छ । खानैपरेमा राम्रोसँग पखालेर मात्र प्रयोग गर्नुपर्छ ।

 यो मौसममा बढी भटमास, गेडागुडी खानु पनि स्वस्थकर मानिँदैन । यस्ता खाद्यपदार्थ अपच हुने सम्भावना अत्यधिक हुन्छ ।

 मानिसले अत्यधिक रूपमा गोलभेँडाको प्रयोग गरेको पाइन्छ । यो बाह्रै महिना पाइने तरकारी पनि हो । तर, यसमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको हुन्छ । यसको प्रयोगलाई पनि घटाउँदा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया