Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  पेट सफा नहुनु आफैँमा रोग हो वा रोगको घर हो । हिजोआज यो आमसमस्याको रूपमा देखिँदै छ । यसले सबैभन्दा छिटो निम्त्याउने समस्या भनेको कब्जियत हो । दिसा राम्रोसँग ननिस्किएमा वा निस्किएको दिसा गोटा पर्नु, सुक्खा हुनुलाई कब्जियत भनिन्छ । यस्तो समस्या हरेक मानिसलाई हुन सक्छ । तर, यसको समाधानतर्फ नलागेमा तन र मन दुवैमा दुस्प्रभाव पर्छ । यसले कैयौँ रोग निम्त्याउने गर्छ । यी हुन् कब्जियतका खतरा :

यस्ता रोगका खतरा
कब्जियतकै कारण विभिन्न रोग लाग्ने गर्छ । जस्तो कि भोक नलाग्ने, अपच, पेटमा ग्यास भरिने, पेट, टाउको दुख्ने, एसिडिटी, पेट फुल्ने, जिब्रोमा सेतो मयल जम्ने, मुख गनाउने, छाती पोल्ने, अनिद्रा हुने आदि ।

त्यस्तै, लामो समयसम्म कब्जियतको समस्या रहिरहेमा एपेन्डिसाइटिस, सायटिका, फिस्टुला, बाबासिर, भगन्दर, अल्सर, फिसरजस्ता गम्भीर रोगसमेत निम्त्याउने गर्छ । त्यसैले पनि कब्जियत रोगका स्रोतकै रूपमा लिइन्छ ।

यसकारण हुन्छ कब्जियत
पछिल्लो समय कब्जियतको प्रमुख कारणको रूपमा खानपान देखिएको छ । नियमित खानामा रेसादार पदार्थको कमी, खानाको अनियमितताले कब्जियत बनाउने सम्भावना अत्यधिक हुन्छ ।

जंकफुड तथा रेस्टुरेन्ट आइटम जस्तो कि पाउरोटी, बिस्कुट, दुनोट, समोसा, पुरी, कचौरी, पकौडी, पानीपुरी, मःम, चाउचाउ, चाउमिन, पास्ता, डोसा, पिजाजस्ता खाद्यपदार्थले कब्जियतको सम्भावना बढाउँछ ।

मैदा र मैदाजन्य खादपदार्थ प्रयोग निकै बढेको पाइन्छ । यस्ता खाद्यपदार्थले पनि कब्जियत
हुने गर्छ ।

बढी चिल्लो, बासी, मसालेदार गरिष्ठ खानाले पनि कब्जियतको समस्या हुने गर्छ ।

प्रशस्त मात्रामा पानी नपिउँदा, अत्यधिक धूम्रपान, चिया, कफी सेवनका कारण पनि कब्जियत
हुन जान्छ ।

यति मात्र नभएर मानसिक चिन्ता र तनाव पनि कब्जियतको कारण हो । अपर्याप्त निद्रा, कम शारीरिक निष्क्रियता पनि कब्जियतको बाटो हो ।

कब्जियतले दिसा गर्न गाह्रो हुने, दिसा निकै कस्सिएर निस्कने, पेट ढुस्स हुने, खान मन नलाग्ने, आलश्य, चिडचिडाहटलगायतका लक्षण देखाउने गर्छ । यसकै कारण वाकवाकी लाग्ने, जिउ भारी हुने, रिंगटा लाग्ने, दिसामा रगत देखिनेजस्ता समस्या पनि निम्तिने गर्छ ।

सल्लाह
विभिन्न सञ्चारमाध्यममा कब्जियत हटाउन विभिन्न चूर्ण प्रयोग गर्न सल्लाह दिइएको हुन्छ । त्यसरी जथाभावी चूर्णको प्रयोग गर्नुहुँदैन । त्यस्ता जुलावले एकपटक त आराम दिन्छ । तर, पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुन थाल्छ ।

दिसा गर्नकै लागि पनि औषधिको प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिको प्रयोगले तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ ।

एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्त्याउँछ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसरको र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।

के खाने ?
कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान पु-याउनुपर्छ ।

फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजालगायतको प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै किसमिस, बदाम आदिको प्रयोगले पनि कब्जियतमा राहत मिल्छ ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

कब्जियत भएमा दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया