Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – काभ्रेको सामुदायिक लघुवित्त वित्तिय संस्था (एसएलबिएस) घोटाला गर्ने चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वयम्भुराम जोशी सहित संचालक समितिका अध्यक्ष समेत रहेको छन् ।

प्रकाउ पर्नेमा अध्यक्ष पाल्पा तानसेन नगरपालिक -४ का हिरा बिश्वकर्मा, काठमाण्डौं खिचापोखरीका चण्डेश्वरी प्रधान,ललितपुर गोदावारी -१२ ठेचोका बटुकृष्ण कार्की रहेका छन् । पक्राउ पर्ने दुई जना संचालक हुन् । उनीहरुमाथि सिइओ  जोशी सहितको मिलोमतोमा नियम बिपरीत निर्णय गराई रकम प्रबाह गरी वित्तिय संस्थालाई २ करोड ५० लाख भन्दा बढी नोक्सानी गरेको अभियोग छ ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) उपत्यकाको बिभिन्न ठाँउबाट अाज पक्राउ गरेको हो । उनीहरुलाई बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्ष कृष्णहरि शर्माले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया