Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

विराटनगर – कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्‍ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप-२०७५ प्रदान गर्न लागिएको बताइएको छ ।

क्यान तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात प्रदेशबाट सात छात्रालाई छात्रवृत्तिअन्तर्गत काठमाडौँमा रहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत बिएस्सी आइटी विषयको अध्ययन गराइने छ । उक्त छात्रवृत्तिअन्तर्गत फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चारजना, आइसिटी मेरिट स्कलरसिपबाट तीनजना गरी एक प्रदेशबाट सातजना र सात प्रदेशबाट ४९ जनालाई एक करोड ८३ लाख ३६ हजार ५०० बराबरको छात्रवृत्ति उपलब्ध गराइने छ ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीयस्तरको छात्रवृत्ति छनोट समितिसमेत गठन गर्नेछ भने समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसलगायतका आधारमा विद्यार्थी छनोट गर्नेछ । पत्रकार सम्मेलनमा लर्ड बुद्ध एजुकेशनका पंकज जलानले आगामी वर्ष छात्रवृत्ति विद्यार्थी संख्यामा थप गर्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया