आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायतका समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।


सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । र, उक्त तेललाई हल्का तताउनुपर्छ ।

उक्त मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । यसरी मसाज गर्दा सर्कुलर मोसनमा कपालको जाराजरामा मसाज गर्नुपर्छ ।

करिब तीन मिनेटसम्म मसाज गर्न आवश्यक हुन्छ । यस्तो गतिविधि तीन मिनेटसम्म गर्न सकिन्छ । यस्तो गतिविधिले टाउकोमा ब्लड सर्कुलेसन बढाउँछ र निकै छिटो कपाल ग्रोथ हुन्छ ।

तपाईको प्रतिक्रिया