बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – नयाँ स्मार्ट फोन खरिद गरेपछि विशेष सावधानी अपनाउनुपर्छ । महँगो मूल्यमा किनेको मोबाइल केही दिनमै बिग्रियो वा हरायो भने जोकोहीको मन दुःख्न सक्छ । तसर्थ, मोबाइल किनिसकेपछि विभिन्न सावधानी अपनाउनु आवश्यक पर्छ ।

लामो समय चार्जमा नराख्ने
मोबाइलको सुरक्षाका लागि फुल चार्ज भइसकेपछि पनि चार्जबाट निकाल्नुपर्छ । धेरैले जतिवेला पनि चार्जमा राखेको पाइन्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । मोबाइल चार्ज गरिसकेपछि स्पिच अफ गरेर राख्नुपर्छ ।


ब्याक साइड
स्मार्टफोनको डिस्प्लेबाहेकको भागलाई पनि उत्तिकै सुरक्षित राख्नु आवश्यक पर्छ । पछाडिको भाग नकोरियोस् वा नफुटोस् भन्न चाहनुहुन्छ भने ब्याक कभर प्रयोग गर्नुपर्छ । ब्याक कभरले स्मार्टफोनलाई सुरक्षित र आकर्षक दुवै बनाउँछ । मोबाइल फोनको साइजअनुसार टिपिक्क मिल्ने कभर प्रयोग गर्नुपर्छ । खुकुलो कभर फुत्किने पनि डर हुन्छ ।

डिस्प्लेको सुरक्षा
कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल पाइन्छ । यस्ता खोलले डिस्प्ले फुट्न वा स्क्र्याच हुनबाट जोगाउँछ ।

चोरी हुनबाट यसरी जोगाउनुहोस्
यो कुरा यथार्थ हो कि, बहुमूल्य सामग्री सबैको आँखामा परेको हुन्छ । अर्कोतर्फ मोबाइल हराउनुको अर्थ त्यहाँ भएका गोप्य कागजात र अभिलेख गुम्नु पनि हो । तसर्थ, मोबाइलधनीले समयमै सावधानी अपनाउन आवश्यक छ । चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ, ताकि फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल ‘साइन इन’ हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ ।

डाटा जोगाउनुहोस्
स्मार्टफोनको स्क्रिनको सुरक्षा जति महत्वूर्ण हुन्छ, त्यति नै महत्वपूर्ण यसको डाटाको सुरक्षा पनि हुन्छ । मोबाइलका डाटालाई ह्याक हुनबाट जोगाउन सर्वप्रथम मोबाइल किन्नेबित्तिकै डाटा सेक्युरिटी र एन्टी मालवेयर सफ्टवेयर इन्स्टल गर्नुपर्छ ।

एप लक
स्मार्टफोनमा रहेका सन्देश, तस्बिर र अन्य फाइल तथा अभिलेखको रक्षा र गोपनियताका लागि एप लक अनिवार्य मानिन्छ । एन्ड्रोइड फोनका लागि एप लक गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । एप लकले स्मार्टफोनमा रहेका सामग्री बाहिर सार्वजनिक वा गोपनियता भंग हुने जोखिम हुँदैन । तसर्थ, तपाईंले कुनै पनि मोबाइल प्रयोग गरेकै दिनदेखि एप लक राख्नुहोस्, ताकि भविष्यमा तपाईं कुनै पनि समस्यामा पर्नु नपरोस् ।

तपाईको प्रतिक्रिया