शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – जापानमा ब्यवसाय गर्दै आएका राम खड्काद्वारा अभिनित ’बैसरीको पहिरो’ बोलको गीत सार्बजनिक भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष समेत रहेका खड्कालाई अभिनयमा रिना थापाले साथ दिएकीछिन् ।

लोक भाकामा आधारित उक्त दोहोरी गीतमा जापानमै रहेका युवा गायक सूर्य खड्का र देवी घर्तीको आवाज रहेको छ । उक्त म्युजिक भिडियोको हालै युट्युवमार्फत रिलिज भएको हो ।

केही वर्ष अगाडि म्याग्दीको रघुगंगा गाउँपालिका अन्तर्गत पर्ने भगवती र अन्नपूर्ण गाउँपालिकाको बीचमा पर्ने राम्चेको पहाड खसेर पुरिएको बैसरीको पहिरोलाई गीतमार्फत स्मरण गर्न खोजिएको छ ।

सिपी मगरको शव्द र गायक सूर्य खड्काको लय रहेको उक्त म्युजिक भिडियोमा स्मृति तिमिल्सीनाको निर्देशन रहेको छ ।

गीतको मुल भाव माया प्रीतिको बिषयवस्तुमा केन्द्रित रहेको भएता पनि बैसरीको बिनाशकारी पहिरोबाट हुन गएको अपुरणीय धनजनको क्षतीलाई बिर्सन नसकिएको तथ्य मार्फत चेतनामुलक सन्देश दिन खोजिएको छ ।***

तपाईको प्रतिक्रिया