मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – प्रतिनिधिसभा नियमावली पारित भएर पहिलो बैठक बस्न नभ्याउँदै संसद् सचिवालयले नियमावलीको नियम उल्लंघन गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्नुभन्दा एक दिनअघि नै सांसदलाई कार्यसूची दिनेगरी बहुमतले पारित गरेको नियमावली पहिलो बैठकमै उल्लंघन भएको हो ।

शुक्रबार पारित भएको नियमावलीको नियम १२ मा दैनिक कार्यसूचीको विषय समेटिएको छ । नियम १२ को उपनियम १ मा सभामुखको निर्देशनअनुसार महासचिव वा उनको अनुपस्थितिमा सचिवले बैठकको कार्यसूची तयार गर्नुपर्ने उल्लेख छ ।

यस्तो कार्यसूची बैठक बस्नु एक दिनअघि नै सांसदहरु र संसदीय दलका कार्यालयहरुका उपलब्ध गराउनुपर्ने नियमावलीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया