आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आफैले तोकेको म्याद महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिती उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधाान खोज्न गृहकार्य सुरु गरेको छ ।

मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असउार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्ष मण्डलको बैठक मंगलबार बसेको थियो ।

हामीले सबै समसामयिक विषयमा छलफल गर्यौँ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भन्नुभयो, बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ ।

तपाईको प्रतिक्रिया