आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले अाज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५-७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुभएको हो ।

सरकारले राजश्वबाट ८ खर्ब र वैदेशिक ऋणबाट २ खर्ब २ अर्ब उठाउने लक्ष्य लिएको छ । अर्थमन्त्रीले चाुल आर्थिक वर्षको बजेटको आकारमा ३७ अर्ब रुपैयाँ बढाएर बजेट ल्याउनुभएको हो । चालु आर्थिक वर्षको बजेटको आकार १२ खर्ब ७८ अर्ब रुपैयाँको थियो । प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ ।

बजेटको पूर्णपाठ

तपाईको प्रतिक्रिया