आइतबार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

काठमाडौं – नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले आज उपराष्ट्रपति नन्दबहादुर पुनसँग विदाइ भेट गर्नुभएको छ ।  उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले विदाइ भेट गर्नुभएको हो । भेटमा उपराष्ट्रपतिले नेपाल राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको दिशामा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेपालको समृद्धिका लागि जापानका साथ सहयोग रहनुपर्ने बताउनुभयो । उपराष्ट्रपतिले नेपाल जापान सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै राजदूत ओगावाको कार्याकालमा थप सुदृढ् भएको बताउनुभयो । उपराष्ट्रपतिले जापानी राजदूत ओगावाको कार्यकाल सफल भएको उल्लेख गर्दै बधाई तथा धन्यवाद दिनुभयो । उहाँले प्राकृतिक रुपमा सुन्दर रहेको नेपालको आगामी दिनमा भ्रमण गरिराख्न राजदूतलाई आग्रह समेत गर्नुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा जापानी राजदूत ओगावाले जापान-नेपाल सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउनुभयो । उहाँले सबै नेपाली अत्यन्त सहयोगी रहेको उल्लेख गर्दै नेपाली नेता, नेपाली जनताको साथ सहयोगले आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । उहाँले नेपालको समृद्धिको यात्रामा जापानको सदैब साथ रहने बताउनुभयो । उहाँले प्राकृतिक रुपमा अत्यन्त सुन्दर देश नेपाललाई आफूले कहिल्यै विर्सन नसक्ने बताए । उनले नेपालको सुन्दरताको जति वर्णन गरे पनि पूरा नहुने बताउनुभयो ।

राजदूतले साढे चार वर्षे कार्यकाल सकिएकोले आफू २२ मे मा स्वदेश र्फकने र नयाँ राजदूत मे २७ मा काठमाडौं आइपुग्ने जानकारी दिनुभयो । नेपालको कार्यकाल सकाएर स्वदेश र्फकन लागेका जापानी राजदूत मागावोलाई उपराष्ट्रपतिले ढाकाटोपी लगाएर विदाइ दिनुभयो ।

तपाईको प्रतिक्रिया