Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – मोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा पानी परेर बिग्रने समस्या हुन सक्छ ।

– महँगो मूल्यमा खरिद गरे पनि सुरक्षाका लागि कभर भने निकै सुलभ मूल्यमा पाइन्छ । तर पनि धेरैले मोबाइलमा कभर राख्दैनन् । मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्नाले कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

– मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास राख्नुपर्छ । जसले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ । मोबाइल झुक्किएर खसिहाले पनि स्क्रिन फुट्नबाट जोगाउँछ ।

–मोबाइल खस्नबाट जोगाउन हातमा सजिलै अड्कने खालको नचिप्लिने कभर प्रयोग गर्नुपर्छ । खस्ने समस्या समाधानका लागि अड्काउन मिल्ने चेन, डोरी या औँला अड्काउन मिल्ने कभर पनि राख्न सकिन्छ ।

– पानी र चिसोका कारण पनि मोबाइल बिग्रने गर्छ । त्यसैले पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने बानी गर्नुहुँदैन । खाना खाँदा, पानी पिउँदा सकेसम्म मोबाइल प्रयोग गर्नुहुँदैन ।

– मोबाइललाई बढी तातोबाट पनि जोगाउनुपर्छ । त्यसैले यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ ।

– मोबाइल सफा गर्दा कहिल्यै पनि स्प्रे र पानीको प्रयोग गर्नुहुँदैन । सफा कटनको कपडामा थोरै अल्कोहल राखेर सफा गर्दा राम्रो हुन्छ । तर, यसरी मोबाइलको बाहिरी भाग मात्र सफा गर्न सकिन्छ । भित्री भाग भने भिजेको कपडाले सफा गर्नुहुँदैन ।

– मोबाइलको ब्याट्री चार्ज गर्दा पनि ध्यान पु-याउनुपर्छ । कतिपयको रातभर चार्ज गर्ने बानी हुन्छ । यसो गर्दा ब्याट्री बिग्रने, फुल्ने, फुट्ने डर हुन्छ ।

तपाईको प्रतिक्रिया