शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

सन् २०१७ को एक छोटो डकुमेन्ट्रीले टोकियोमा बसोबास गर्दै आएका अश्वेतहरूको जीवनीलाई समेटेको छ। नाइजेरियन अमेरिकन कलाकार अमाराची न्वोसुद्वारा निर्देशित यस डकुमेन्ट्रीले जापानको टोकियो बसाइका विभिन्न सांस्कृतिक चुनौती तथा अवसरहरू देखाउँदै, पश्चिम अफ्रिकादेखि संयुक्त राज्यसम्मका पाँच पात्रलाई पछ्याउँछ। हजाम पसलका मालिक, कलाकार, डिजे तथा टोकियो बाहिर कार्यरत अमेरिकी वायुसेनाका एक सदस्यसमेत यस डकुमेन्ट्रीका पात्र रहेका छन्।

पहिलो डकुमेन्ट्री ब्ल्याक इन टोकियो  @MelaninUnscript मार्फत @thefader मा  प्रिमीयर गरिएको छ!

अन्तरवार्ताका दौरान यी पात्रहरूले आफूले किन टोकियो बस्ने निर्णय गरे र जापानमा अश्वेत हुनुको अर्थ बताउँछन्। यो डकुमेन्ट्री मेलानिन अनस्क्रीप्टेडको पहिलो संस्करण हो। यस फिल्म श्रृंखलाको पहिलो प्रस्तुतिमा न्वोसुले “मूलधारका मिडियामा व्यक्त नगरिने जटिल पहिचानका सवाल खोतल्ने” प्रयाश गरेका छन्।

तपाईको प्रतिक्रिया