शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–अनलाइनमार्फत फुटकर सपिङ गरिरहेको अमाजोन जापान केकेले बुधबारदेखि जलमार्गबाट सामग्री ओसारपसार गर्ने काम(सिपिङ)का लागि ५० प्रतिशतसम्म खर्च वृद्धि भएको जनाएको छ ।
कम्पनीले अहिले २ हजार सम्मको समानका लागि ३ सय ५० येन लिदै गरेकोमा अबदेखि जापानको होन्सु र सिकोकु मुख्य टापुको सिपिङ खर्च ४ सय येन लाग्ने र होक्काइदो, क्युसु, ओकिनावा र दुर्गम टापुहरुमा ४ सय ४० येन लाग्ने बताइएको छ । द्रुत सेवा र आफुले चाहेको दिनमा सामान मगाउनु परेमा १० देखि ५० प्रतिशतसम्म ढुवानी खर्च वृद्धि भएको बताइएको छ ।
आपूर्ति खर्चमा भएको वृद्धिले आमोजोनका समान वितरणमा प्रत्यक्ष असर पर्न सक्ने कम्पनीको बुझाई रहेको छ । निःशुल्क ढुवानी सेवाका लागि पहिले नै भुक्तानी गरेका ग्राहकले २ हजार येनसम्मको लागि अडर परिर्वन गर्न नसकिने पनि जनाइएको छ ।
कम्पनीले सन् २०१६ मा सिपिङ दर सार्वजनिक गर्दै सबै प्रकारका समान निशुल्क डेलिभरी गर्नका लागि बन्द गरेको थियो ।
जापानमा अनलाइनमार्फत घर घरमा समान पुरयाउनका लागि चालकको समस्या व्यहोर्नु परेको कम्पनीले जनाएको छ । गतवर्ष मात्रै अमाजोनले यामातो ट्रान्सपोर्ट कम्पनीसँग देशव्यापी रुपमा घरघरमा समान पुरयाउनका लागि व्यापारिक साझेदारका रुपमा सम्झौता गरेको थियो । सिपिङ दर २७ वर्षमा पहिलो पटक वृद्धि भएको पनि उल्लेख गरिएको छ ।
समान पुरयाउने चालकहरूलाई बढेको बोझ घटाउन, वितरण लकरहरूको उपयोगलाई बढावा दिन र यसको संचालनलाई सुदृढ गर्नको लागि सूचना  तथा अडर व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित बनाइने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया