बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–जापानको हिरोशिमाको आकिताकाता शहरमा जनसंख्याको कमी हुदै गएपछि विदेशी नागरिकहरुलाई यस शहरमा बस्नका लागि बढवा दिने योजना बनाइएको छ ।
हिरोशिमा शहरको पहाडी इलाकाको रुपमा रहेको यस शहरमा क्रमश जनसंख्या घट्दै जान थालेपछि यहाँको स्थानीय सरकारले विदेशी नागरिकहरुलाई बस्नका लागि आग्रह गर्दै सेवा सुविधामा बढवा दिने योजना मंगलबार सार्वजनिक गरेको हो ।
अहिले यस शहरमा जम्मा जनसंख्या २९ हजार रहेको छ । जुन पाँचवर्ष अगाडीभन्दा १ हजार ७ सयले कमी भएको एनएचकेको समाचारमा जनाइएको छ ।
सार्वजनिक गरिएको योजना अनुसार यस शहरमा बसोबास गर्ने, उद्योगधन्दा संचालन गर्ने, व्यापार व्यावसाय गर्नेहरुलाई सहुलियत तथा सेवा सुविधामा प्रोत्साहन गरिने तथा ठूलो संख्यामा  कर्मचारीका रुपमा स्वीकार गरिने जनाएइको छ ।
विषेशज्ञहरुका अनुसार विदेशी नागरिहरुलाई प्रोत्साहन दिई जनसंख्या बढाउने उपाय लिएको आकिताकाता जापानको पहिलो शहर हो।

तपाईको प्रतिक्रिया