बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – जापानबाट विदेशमा पैसा पठाउने रेमिट्यान्स सेवा प्रदायक कम्पनीको भिडमा किफायती सेवा शुल्क सहित एप्लिकेशनको सहायताबाट सेवाग्राही आफैले सजिलै पैसा पठाउन मिल्ने रेमिट्यान्स सेवाको सुरु भएको छ ।

गत वर्षको सेप्टेम्वरबाट सुरु भएको वर्ल्ड फेमिली रेमिट्ले पृथक सुविधासहित आफ्नो सेवा बजारमा ल्याएको हो ।

सेवाग्राहीले आफ्नो स्मार्टफोनमा उपलब्ध गराईने एप्लिकेशन डाउनलोड गरी उक्त एप्लिकेशनको माध्यमबाट आफुले चाहेको बेला ईच्छाएको रकम पठाउन सकिने सो रेमिटले जनाएको छ । जतिसुकै रकम पठाए पनि न्युनतम सेवा शुल्क ५०० येन मात्र लाग्ने वर्ल्ड फेमिली रेमिट्ले चीन, इण्डोनेशिया, फिलिपिन्स, भियतनाम, नेपाल, भारत लगायतका एशियन मुलुकहरुमा आफ्नो सेवा बिस्तार गर्दै आएको सो कम्पनीका संस्थापक लि सेयुङ मिनले बताए । आफु जापानमा युनिभर्सिटीको विद्यार्थी छँदा पार्टटाइम कामबाट कमाएको सानोतिनो रकम परिवारलाई पठाउँदाको अनुभवबाट यो सरल र सहज रेमिट्यान्स सेवा सुरु गर्ने अवधारणा बनाएको मिन बताउंछन् ।

विदेशी कामदारहरुले आफ्नो मिहिनेतको कमाई सुरक्षितरुपले गन्तब्यसम्म सहजढंगले पठाउन सकून् भन्ने मुल ध्येयका साथ सुरु भएको वर्ल्ड फेमिली रेमिट् उच्च प्रविधिको उपयोग गरी सेवाग्राहीलाई अधिकतम सुविधा दिईएकोले ग्राहकहरुको उत्साहजनक आकर्षण बढ्दै गईरहेको सो कम्पनीले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार जापानमा सन् २०१० देखि सुरु भएको रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुको संख्या हाल जापानी अर्थमन्त्रालयमा ५५ वटा दर्ता छन् । जसमध्य वर्ल्ड फेमिली रेमिट् पनि एक हो ।

रेमिट्यान्स ब्यवसायहरुबीचको प्रतिस्पर्धात्मक बजारमा उच्चतम प्रविधियुक्त, भरपर्दो र सहज सेवा नै सेवाग्राहीको रोजाईमा पर्ने गरेको सो कम्पनीका संस्थापक मिनको दावी छ । पैसा पठाउनका लागि बैंक या काउन्टरमा जान नपर्ने सेवा दिदैं आइरहेको सो रेमिटको प्रधानकार्यालय नेपालीहरुको घनावस्ती रहेको टोकियोको शिन-ओकुवोमा रहेको छ । सो कम्पनीले नेपाली बजारलाई पनि उच्च प्रामिकतामा राखेर सेवा बिस्तार गर्ने बताएको छ । ***

तपाईको प्रतिक्रिया