सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो–दक्षिण पश्चिम जापानको ज्वालामुखी पहाडको नाममा परिचित  शिनमोयमा सात वर्षपछि मंगलबार  ज्वालामुखी विस्फोट भएको छ ।
मंगलबार साढे दुईबजे ज्वालामुखी  विस्फोट भएको पहाडको मुखबाट धुवाँ २१०० मिटर माथिसम्म देखिएको र कम्पनको महसुश समेत गरिएको एनएचकेको अनलाइन संस्करणको समाचारमा उल्लेख गरिएको छ ।
ज्वालामुखी विस्फोट भएको केही समयपछि नै धुवाँ २३०० मिटरसम्म माथि पुगेको मौषमविद्हरुले जानकारी दिएका छन् ।
किरीशिमा पर्वतमाला स्थित शिनमोय पहाड कागोशिमा तथा मियाजाकी प्रिफेक्चरसम्म फैलिएको छ । बुधबार पनि यस पहाडमा विस्फेट भैरहेको देखिएको छ । जापानको मौषम विभागका अधिकारीहरुले यस पहाडको नजिक नजानका लागि सबैलाई अनुरोध गरेका छन् । ***

तपाईको प्रतिक्रिया